काठमाडौँ- होटेल सङ्घ पोखरा नेपालको अध्यक्षमा लक्ष्मण सुवेदी पुन : निर्विरोध निर्वाचित भएका छन् ।
पोखरामा हालै सम्पन्न २१औँ अधिवेशन तथा ४२औँ साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।
त्यसै गरी समितिको सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएका छन् । स्टार र नन स्टार होटेल तर्फबाट छ, छ जना, निवर्तमान अध्यक्ष एक जना र मनोनीत चार गरी सङ्घको कार्यसमिति १७ सदस्यीय हुन्छ ।
प्रतिक्रिया