वीरगञ्जको आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने

सोमबार, १२ कार्तिक २०८१, १४ : ५६

काठमाडौँ-  दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ ।

रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ । अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए ।

सोमबार, १२ कार्तिक २०८१, १४ : ५६

प्रतिक्रिया