सुनको मुल्यमा नयाँ रेकर्ड कायम

मंगलबार, १३ कार्तिक २०८१, ११ : ३६

काठमाडौं- सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।

मंगलबार पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

यसअघि यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार, १३ कार्तिक २०८१, ११ : ३६

प्रतिक्रिया