काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।
यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो ।
यी खाद्यान्न चीन, भारत, ब्राजिल, थाइल्यान्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया