काठमाडौं- नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर९२० अर्ब रुपैयाँ बराबर० को ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै गरेको थियो।
ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्।
केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो। यो ऋण रकमबाट सरकारले संस्थागत क्षमता विस्तार तथा विपत प्रतिकार्यमा खर्च गर्नसक्नेछ। सरकार आफैले योजना बनाएर खर्च गर्न मिल्ने यो सुविधा लचकदार मानिन्छ।
प्रतिक्रिया