रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा

मंगलबार, १३ कार्तिक २०८१, १५ : २१

काठमाडौँ - बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ । 

नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् । यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको छ । 

बाटो पूर्णरुपमा नबनेका कारण गाडीमा १५ टनभन्दा बढी सामान राख्न दिइएको छैन । नेपाल र चीन दुवै तर्फको बाटो बाढी, पहिरोले अवरुद्ध गरेपछि दसैँ, तिहारलाई लक्षित गरी ल्याइएको धेरै सामान नाकामै अड्किएका थिए ।

रसुवा भन्सार कार्यालयका अनुसार नाका बन्द हुँदा दैनिक ८ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन प्रभावित भएको थियो । 
 

मंगलबार, १३ कार्तिक २०८१, १५ : २१

प्रतिक्रिया