काठमाडौं- बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला २२०० रुपैयाँले बढेको हो।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २ हजार १२० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार रुपैयाँ थियो भने चाँदीको मूल्य तोलामा २ हजार १०५ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया