काठमाडौं - आज यम पञ्चक अर्थात् तिहारको चौथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
हिन्दु धर्ममा गाईलाई पवित्र मानी पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको हो। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ।
तिहार अर्थात् यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ । वर्षभरी जोतेर कृषिकर्ममा सेवा गर्ने गोरुलाई पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ।
प्रतिक्रिया