काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सद्वारा यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर सन्देशमुलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।
प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जिवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको कम्पनीले जनाएको छ ।
तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।
समारोहमा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गरेका छन । उनले कम्पनीलाई अग्रपंक्तिमा लम्काउनका निम्ति सदैव सुझाव दिनुहुने कम्पनीका अध्यक्ष तथा सञ्चालकज्यूहरू, शेयरधनी महानुभावहरू, कम्पनीका ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डको रुपमा रहेको बताएका छन् ।
उनले अभिकर्ताहरु, कम्पनीले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति अहोरात्र खट्ने समस्त कर्मचारीहरु,, कम्पनीलाई मार्गनिर्देश गर्नुहुने सम्पूर्ण नियामक निकायहरू तथा कम्पनीको प्रगति र उन्नतिमा सदैव सहयोग गर्ने समस्त सरोकारवालाहरू तथा उनहरूको परिवारमा नेपालीहरूको महान पर्व तिहार, शुभ दिपावली, नेपाल सम्वत एवं छठ पर्वको विशेष उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन ।
प्रतिक्रिया