काठमाडौं- बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिँदै ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको जनाएको छ।
प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको छ। किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
प्रतिक्रिया