तोलामा २८ सयले घट्यो सुनको मूल्य

मंगलबार, २० कार्तिक २०८१, ११ : १५

काठमाडौं- तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो । 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको छ ।

मंगलबार, २० कार्तिक २०८१, ११ : १५

प्रतिक्रिया