गोल्यान ग्रुपले ‘ह्यात रेजेन्सी लुम्बिनी’ खोल्दै, २०२८ सम्म सञ्चालनमा आउने

मंगलबार, २० कार्तिक २०८१, ११ : ४७

काठमाडौं- ‘ह्यात रेजेन्सी लुम्बिनी’ १७५ कोठासहितको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल खुल्न लागेको छ।  गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा यो परिचित रहने बताइएको छ। 

शिकागो (नोभेम्बर ५, २०२४) – हयात होटल्स कर्पोरेसनले ह्यातसँग सम्बन्धित एक संस्थाले गोल्यान ग्रुपको एउटा हिस्सा रहेको वेदा होस्पिटालिटी प्राइभेट लिमिटेडसँग हयात रेजेन्सी लुम्बिनीको व्यवस्थापन सम्झौता सहितको घोषणा गरेको हो। यो होटल नेपालमा चौथो हयात ब्रान्ड भएको होटल हुने र दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपुर्ण स्थान रहेको पुष्टि हुने जनाइएको छ।

दानो नदीको मनमोहक किनारमा रहने ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमै हुनेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल शहर र नेपाल–भारत सीमाको नजिक ‘ह्यात रेजेन्सी लुम्बिनी’ अवस्थित रहेने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ती महत्वपुर्ण योगदान गर्ने विश्वास निर्माण टिमले लिएको छ। हायात रिजेन्सी लुम्बिनी २०२८ सम्ममा खुल्ने जानकारी दिइएको छ।

“नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रान्तमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौं । लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक , यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र संञ्तालकको मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछु ।” भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने ।

“ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्रान्डको होटलको उद्घघाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं, गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, गोल्यान हयात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ। हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।”

ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन्। आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुने छन्। 

लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ। ११ एकड जमीनमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरू, र अन्य सुविधाहरू जस्तै अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी, र अन्य मनोरञ्जनका सुविधाहरू रहने छन्।


हयातको वर्तमान पोर्टफोलियो भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र  नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।

मंगलबार, २० कार्तिक २०८१, ११ : ४७

प्रतिक्रिया