सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

विहीबार, २२ कार्तिक २०८१, १२ : ३९

काठमाडौं- नेपालि बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । 

बिहीबार सुनको मूल्य  प्रतितोला ४ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार  भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो। अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ।
 

विहीबार, २२ कार्तिक २०८१, १२ : ३९

प्रतिक्रिया