शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो कार्यक्रम

शुक्रबार, २३ कार्तिक २०८१, ११ : ४९

काठमाडौँ- आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई एक विद्यालयले देउसीभैलो खेलेर तलब दिएको छ । बाजुरा जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित पञ्चलक्ष्मी आधारभूत  विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको हो ।  

 शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको र  उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको विद्यालयले स्रोतले बताएको छ ।

उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ । 

शुक्रबार, २३ कार्तिक २०८१, ११ : ४९

प्रतिक्रिया