काठमाडौँ - लाभांश सिजन चलि रहेको छ । लाभांश घोषणा गरेका मध्ये ५ वटा लघुवित्त कम्पनीहरुले अझै बुक क्लोज तय गरेका छैनन् ।
नेशनल लघुवित्त, सर्पोट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बुक क्लोज गरेका छैनन् । यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश अझै प्राप्त गर्न सकिने छ ।
नेशनल लघुवित्त
नेशनल लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर सहित ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सर्पोट लघुवित्त
सर्पोट लघुवित्तले १३.७७ प्रतिशत बोनस शेयर र कर सहित ०.७२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
फरवार्ड लघुवित्त
फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस र कर सहित ०.७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र कर सहित ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पनि ९ प्रतिशत बोनस र कर सहित ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
प्रतिक्रिया