सेफ्स एसोसिएसनले गर्‍यो पैँचो पसल सम्मान

शुक्रबार, २३ कार्तिक २०८१, १५ : ४०

काठमाडौँ - पहाडी ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई सहरसम्म पुर्‍याइरहेको कम्पनी पैँचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ । 

सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैँचो पसल सम्मानित भएको हो  । 

‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैँचोको प्रशोधन केन्द्र रहेको छ । पैँचो पसलले नेपाली तारे होटलदेखि रेस्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि अचार, गुन्द्रक, कोदोको पिठो लगायत सामग्री प्रशोधन गरेर आपूर्ति गर्दै आएको छ । 

१० वर्षदेखि गुल्मी आसपासका किसानसँग सहकार्य गरेर अगाडि बढेको र रैथाने उत्पादनलाई प्राथमिकता दिएकाले सम्मान गरेको सेफ्सले जनाएको छ 

शुक्रबार, २३ कार्तिक २०८१, १५ : ४०

प्रतिक्रिया