ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा हुँदै, यसपटक के पाउँदैछन् सेयरधनीले ?

आइतबार, २५ कार्तिक २०८१, ०८ : १८

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा मंसिर २७ गते बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा ती दिन सेयर बजार बन्द हुन्छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

आइतबार, २५ कार्तिक २०८१, ०८ : १८

प्रतिक्रिया