काठमाडौँ- नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक २०२४’ कार्तिक २९ देखि मंसीर २ गतेसम्म हुने भएको छ ।
काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा हुने ‘फिन इलेक्ट्रो टेक २०२४’ ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’को नारासहित हुने भएको हो ।
ट्रान्सवल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि हुँदै आएको छ ।
विद्युत जस्तो संबेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरूको यस संस्थाले सदैब आफ्ना सदस्यमार्फत सुरक्षालाई ध्यानमा राखेर नविनतम् र गुणस्तरीय सामग्री बिक्री वितरणमा अविभावकत्त्व गर्दै आएकोले आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका आयोजना महासंघले मेलाको आयोजना गर्दै आएको अध्यक्ष तथा इलेक्ट्रो टेक २०२४ का संयोजक रेशम प्रसाद देवकोटाले बताए ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।
उनका अनुसार उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू प्रदर्शनी अवधिभरी सञ्चालन गरिनेछ ।
यस पटक फिन इलेक्ट्रो टेक २०२४ मा भारत सरकार, वाणिज्य र उद्योग मन्त्रालय, वाणिज्य विभागको सहयोगमा भारतीय चेम्बर अफ कमर्शले हलभित्रको २८ स्टलहरू रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरूले बुकिङ्ग गरेका छन् ।
फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हल बाहिर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुर्राष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरूबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रूचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको संयोजक देवकोटाले बताए ।
प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स रहेको छ ।
यसैगरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स र जानकी केबल इन्डस्ट्रिज रहेका छन् । प्रदर्शनीका गोल्ड स्पोन्सरमा सिएनएस ९प्राइम भेन्चर्स०, लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल), स्विफ्ट गोल्ड (बबिता ट्रेडर्स) र केइआई जनता केबल इन्डस्ट्रिज रहेका छन् ।
यसैगरी अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टिक रहेको छ ।
त्यस्तै, फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल रहेको छ । ग्लोबल एक्पोजिसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि भोली देखि सुहुलियत दरमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एपमार्फत अग्रिम प्रवेश टिकट बुकिङ्ग खुल्ला गर्न लागिएको संयोजक देवकोटाले जानकारी दिए ।
ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’को हल भित्र ४४ वटा ब्लकहरू, २८ स्टलहरू रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरू रहेका छन् । मेला ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया