एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?

मंगलबार, २७ कार्तिक २०८१, ११ : ०३

काठमाडौँ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । यस दिन  सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार, २७ कार्तिक २०८१, ११ : ०३

प्रतिक्रिया