काठमाडौँ - पहिलो त्रैमाससम्ममा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७९ लाख ७७ हजार रुपैयाँ मात्र रहेको छ ।जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ दशमलव ८७ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी करिब २७ प्रतिशत घटेको छ भने इन्पेरमेन्ट चार्ज करिब ४० प्रतिशत बढेको छ । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी भने ७ करोड २२ लाख रुपैयाँभन्दा बढी भएको हो । यो आम्दानी गत वर्ष ९ करोड ८९ लाख रुपैयाँभन्दा बढी थियो ।
इम्पेरमेन्ट चार्ज भने गत वर्ष २ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २ करोड ८८ लाख रुपैयाँभन्दा बढी भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १३ करोड ९४ लाख रुपैयाँभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ भने रिटर्न अर्निग १८ करोड ६३ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम १७ करोड ४४ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कर्जा सापटी रकम भने ३ करोड रुपैयाँ छ ।
निष्क्रिय कर्जा गत वर्ष १० दशमलव ८२ प्रतिशत रहेकोमा यस वर्ष १५ दशमलव ७९ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३३९ रुपैयाँ ६८ पैसा छ ।
प्रतिक्रिया