महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

मंगलबार, २७ कार्तिक २०८१, १५ : ०५

काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघ-संस्थाले खरीद गर्न सक्नेछन् । शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजातसहित मंसिर ३ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

बोलपत्र शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग ठमेल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्ने छ। 

ahila-laghubitta

मंगलबार, २७ कार्तिक २०८१, १५ : ०५

प्रतिक्रिया