कतार एयरवेज भैरहवामा अवतरण

मंगलबार, २७ कार्तिक २०८१, १५ : ४५

काठमाडौँ - कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार जहाजमा ३३ यात्रु रहेका छन् भने त्यसमा एक जना भैरहवा झरेका छन् । बाँकी ३२ जनालाई काठमाडौँ ल्याइने छ ।

मंगलबार, २७ कार्तिक २०८१, १५ : ४५

प्रतिक्रिया