काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ ।
महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको छ । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ ।
बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको महानगरले जनाएको छ । बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको छ
महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया