सांगीतिक लघु चलचित्र ‘महाकाली’ सार्वजनिक

बुधबार, २८ कार्तिक २०८१, ०६ : ३८

काठमाडौं– सांगीतिक लघु चलचित्र ‘महाकाली’ सार्वजनिक भएसँगै यसको भिडियोलाई लिएर चर्चा भइरहेको छ । 

शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गरेको यस सांगीतिक चलचित्रमा एलिना चौहान र श्रीधर अधिकारीको स्वर छ भने संगीत श्रीधरको नै रहेको छ ।

यसको लेखन, निर्माण तथा अभिनय नव्याश्रीले गरेकी छिन् । बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी हुन् । लोमश शिवको भूमिकामा देखिएका छन् भने राजकुमार थापा र प्रकाश कँडेलको पनि अभिनय छ । नव्याश्री भारतको दार्जिलिङकी बासिन्दा हुन् ।

नव्याश्रीले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितेकी थिइन । रामजी राउत एसोसिएट निर्देशक रहेको यसमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

बुधबार, २८ कार्तिक २०८१, ०६ : ३८

प्रतिक्रिया