युनिलेभर नेपालको नाफा ४.६ प्रतिशतले घट्यो

बुधबार, २८ कार्तिक २०८१, १० : ३४

काठमाडौं-  सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलेभर नेपालको नाफा घटेको छ ।

 कम्पनीले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.६ प्रतिशत घटेको छ ।

कम्पनीले पहिलो त्रैमासिक अवधिमा ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ५५ करोड २५ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानीमा केही संकुचन आउँदा नाफामा प्रभाव परेको हो । कम्पनीको बिक्री आम्दानी पहिले २ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब २५ करोड छ । नाफा घट्दा प्रतिसेयर आम्दानी घटेको छ । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ छ । पहिले २ हजार २१८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ छ ।

बुधबार, २८ कार्तिक २०८१, १० : ३४

प्रतिक्रिया