सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, २८ कार्तिक २०८१, ११ : ०४

काठमाडौँ-  नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार, २८ कार्तिक २०८१, ११ : ०४

प्रतिक्रिया