सम्पदा लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा

बुधबार, २८ कार्तिक २०८१, ११ : ४५

काठमाडौं- सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको यी शेयर सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बन्दीपुर, डुम्रे, तनहुँमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन दिदाँ आफुले खरीद गर्न चाहेको शेयरको संख्याको ब्यहोरा समेत खुलाउनुपर्ने जानकारी कम्पनीले स्रोतले दिएको छ । 

बुधबार, २८ कार्तिक २०८१, ११ : ४५

प्रतिक्रिया