मल्टीपर्पस फाइनान्सको शेयर बिक्रीमा

बुधबार, २८ कार्तिक २०८१, ११ : ५५

काठमाडौँ- मल्टीपर्पज फाइनान्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ८ हजार ५४९ कित्ता शेयर आज (कात्तिक २८ गते) देखि विक्रीमा ल्याएको हो । 

कम्पनीले विद्यमान संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको अवधिमा विद्यमान संस्थापक सेयर धनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । 

बुधबार, २८ कार्तिक २०८१, ११ : ५५

प्रतिक्रिया