दैलेखमा पेट्रोलियम अन्वेषणको काम जारी, ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

विहीबार, २९ कार्तिक २०८१, ०९ : ४४

काठमाडौ - दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काम सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरेको उक्त परियोजनामा चीनीयाँ ठेकेदार कम्पनीले काम गरिरहेको छ । जस अन्तर्गत अहिलेसम्म ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

 चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । 

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्ने छ। चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ।

महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । 

विहीबार, २९ कार्तिक २०८१, ०९ : ४४

प्रतिक्रिया