काठमाडौं– आज सुन र चाँदी दुबैको मूल्यमा भारी गिरावट आएको छ । हिजो प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया