डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

विहीबार, २९ कार्तिक २०८१, ११ : ५०

काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ।

उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा सम्पूणर् कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ।

आवेदन भोलि (कात्तिक ३० गते) देखि मंसिर ७ गते कार्यालय समयभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा पेश गरिसक्नु पर्नेछ।

विहीबार, २९ कार्तिक २०८१, ११ : ५०

प्रतिक्रिया