काठमाडौं– साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीलाई सूचित गरेको छ ।
एउटा सूचना नै जारी गर्दै पछिल्ला केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपाली जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न आग्रह गरेको हो ।
साउदीको कानूनअनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्रार्थनाको समयमा ठूलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन ।
यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानूनी व्यवस्था छ ।

प्रतिक्रिया