काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले पहिलो ३ महिनामा १४ करोड नाफा कमाएको छ।
गत आर्थिक वर्षको यो अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड रुपैयाँ थियो।यो वर्ष कम्पनीको नाफा करिब १ करोडले बढेको हो।
चालु आर्थिक वर्षको यो अवधिमा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँबराबरको प्रिमियम संकलन गरेको छ।
गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब रुपैयाँ संकलन गरेको थियो।
प्रतिक्रिया