रास्वपाका उपसभापति स्वर्णिम वाग्ले विरुद्ध सर्वोच्चमा मुद्दा

विहीबार, २९ कार्तिक २०८१, १४ : १५

काठमाडौं - पार्टी सभापति सहकारी ठगीमा थुनामा रहेको बेला उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।


उनीहरुले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला अदालतलाई प्रभावित पार्न आन्दोलन गरेकाले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरिएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको निवेदनमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ। 


निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ। 

उक्त निवेदनमा सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ।


 

विहीबार, २९ कार्तिक २०८१, १४ : १५

प्रतिक्रिया