काठमाडौँ - सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बुटवल लगिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजै पोखरा फर्काउने तयारी गरिएको छ ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएका उनलाई बयानका लागि गत मंगलबार बुटवल लगिएको थियो । तीन दिनको नियमित बयानपछि उनलाई आज पोखरा फर्काउने तयारी प्रहरीले गरेको छ । बयान सकिएमा हिजै पोखरा फर्काउने तयारी गरिए पनि बयान लम्बिएको थियो ।
प्रतिक्रिया