काठमाडौं– आज २०८१ कार्तिक ३० गते शुक्रबार (१५ नाेभेम्बर २०२४)। कार्तिक शुक्लपक्ष पूर्णिमा २७:१२ सम्म, तत्पश्चात् प्रतिपदा। भरणी नक्षत्र। चन्द्रराशि मेष। तद्नुसार आजकाे राशिफल यसप्रकार रहेकाे छ :
२०८१ कार्तिक ३० गते शुक्रबार
इ.सं. : 15th November 2024 (Friday)
सूर्योदय: विहान ०६:२६ बजे
सूर्यास्त: बेलुका १७:१० बजे
तिथि : पूर्णिमा २७:१२ सम्म, तत्पश्चात् प्रतिपदा
पक्ष : कार्तिक शुक्लपक्ष
नक्षत्र : भरणी २२:४३ सम्म, तत्पश्चात् कृत्तिका
योग : व्यतीपात ०८:२१ सम्म, तत्पश्चात् वरियान्
करण : विष्टि १६:१६ सम्म, तत्पश्चात् बव
चन्द्रराशि: मेष २८:२२ सम्म, तत्पश्चात् वृष
ऋतु : शरद्
अयन : दक्षिणायन
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरूलाई आज माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुको प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुको वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि भएकाहरुलाई आज आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि भएकाहरुलाई शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुको आजको दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुको आज अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुले आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुपर्नेछ। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुको आज आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुको आज व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुको आज पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुको आज आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।
प्रतिक्रिया