नीता–हरिहरको ‘ह्रस्व–दीर्घ’ प्रदर्शन प्रारम्भ

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : ०२

काठमाडौं– लामो समयदेखि प्रतिक्षामा रहेको नयाँ नेपाली फिल्म ‘ह्रस्व–दीर्घ’ को आज कार्तिक ३० गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शन प्रारम्भ हुने भएको छ । 

केही दिन अघिदेखि खुला गरिएको अग्रीम बुकिङमा समेत यो फिल्मले उत्कृष्ट व्यवसाय गर्ने सम्भावना देखाएको छ । यसका साथै यो फिल्मले देशका अधिकांश मल्टिप्लेक्स तथा सिंगल थिएटरहरुमा राम्रो शो पाएको छ ।


नेपालका लोकप्रिय कलाकारका साथै दक्षिण भारतीय फिल्म उद्योगका परिचित तथा सटार कलाकारहरुद्वारा अभिनय गरिएकाले पनि यो फिल्म दर्शकमाझ बहुप्रतिक्षित बनेको हो । नेपाल र साउथका लोकप्रिय कलाकारको अभिनयले दर्शकको ध्यान आकर्षित गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसप्रति थप हाइप बढेको छ ।

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : ०२

प्रतिक्रिया