विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा तोडफोड र चोरी, सुन र दानपेटिका सबै लगियो

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : २७

काठमाडौं– बैतडीको पाटन नगरपालिका ३ मा रहेको बनारसी धामको विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा तोडफोड र चोरी भएको छ। मन्दिरमा तोडफोड र चोरी हुँदा करिब छ लाख बराबरको क्षति भएको जनाइएको छ।


मन्दिरमा चढाइएको सुन, दानपेटिका, शंख, घन्टसहित आरती, घन्ट, कलस, श्रृङ्गार पोशाक, पुस्तक, पूजा सामग्रीलगायतका सामान चोरी भएको मन्दिर समितिले जानाएको छ ।


बुधबार राति मन्दिरमा चोरी भएको भन्दै व्यवस्थापन समितिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएको थियो। इलाका प्रहरी कार्यालय पाटनले चोरीको विषयमा निवेदन आएको र अनुसन्धान अघि बढाइएको बताएको छ।

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : २७

प्रतिक्रिया