शिखर इन्सुरेन्सको नाफामा सामान्य बृद्धि, यस्ता छन् प्रमुख वित्तीय सूचकहरु

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : ५७

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.५१ प्रतिशतले बढेर ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, खुद बिमा शुल्क आर्जन पनि सामान्य अर्थात् १.५७ प्रतिशतले बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २७ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात्  ४२ पैसाले बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ ।

शुक्रबार, ३० कार्तिक २०८१, ०६ : ५७

प्रतिक्रिया