नेपाल टेलिकमको नाफामा गिरावट

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ४८

काठमाडौँ - नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ । वित्तीय आम्दानी ३३ प्रतिशत र कुल आम्दानी ५.४९ प्रतिशत घटेको छ। यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। 

कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ ।
 

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ४८

प्रतिक्रिया