‘पूर्णबहादुरको सारंगी’ प्रदर्शन भईरहेको २० हलहरुबाट फिल्म उतार्दै निर्माता, किन ?

शनिबार, ०१ मंसिर २०८१, ०६ : १५

काठमाडौं– चलचित्र प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै   ‘पूर्णबहादुरको सारंगी’ फिल्मका  निर्माताले मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् ।

शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले  यसबारे जानकारी दिएको हो ।

केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराए पनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुको नाम नै उल्लेख गरी त्यहाँबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

bigyapti of sarangi

शनिबार, ०१ मंसिर २०८१, ०६ : १५

प्रतिक्रिया