आज सुन चाँदीको भाउ घट्यो, प्रतितोला कति ?

आइतबार, ०२ मंसिर २०८१, १२ : ४९

काठमाडौँ - आज  सुनचाँदीको भाउमा गिरावट आएको छ । । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेकोमा आइतबार घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय १० रुपैयाँ रहेकोमा आज घटेर १ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ ।
 

आइतबार, ०२ मंसिर २०८१, १२ : ४९

प्रतिक्रिया