एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

सोमबार, ०३ मंसिर २०८१, ११ : ०७

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको हो ।

 केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।  यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

सोमबार, ०३ मंसिर २०८१, ११ : ०७

प्रतिक्रिया