फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारण सभा

सोमबार, ०३ मंसिर २०८१, ११ : ४४

काठमाडौँ - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजे सभा बोलाएको छ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। छ ।कम्पनीले १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत  नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ । 
 

सोमबार, ०३ मंसिर २०८१, ११ : ४४

प्रतिक्रिया