आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

मंगलबार, ०४ मंसिर २०८१, १० : ५०

काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार, ०४ मंसिर २०८१, १० : ५०

प्रतिक्रिया