मंसिर १३ देखि चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी हुदैँ

मंगलबार, ०४ मंसिर २०८१, १२ : ४८

काठमाडौँ- यही मंसिर १३ देखि १५ गतेसम्म चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा गैरनाफामूलक संस्थाको रूपमा २०७० मा स्थापित प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा प्रदर्शनी हुन लागेको हो ।

प्लाष्टिकको बहुआयामिकमा उपयोगमा भइरहेको विश्वव्यापी विस्तारबाट नेपालसमेत लाभान्वित भइरहेको सन्दर्भमा हुन लागेको प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मशिन–औजार–उपकरणहरूलगायत नवीनतम प्रविधिसमेतको प्रदर्शनी गरिने छ ।

यस मेलामा नेपाल, भारत, बंगलादेश, चीनलगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मशिन उपकरण आपूर्तिकर्ता तथा मिडियारसेवा प्रदायकहरूको सहभागिता हुनेछ । मेलाको सह(आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार(प्रसार गरी जनचेतना जगाउने विश्वास लिइएको छ ।

साथै विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा मेलाले सहयोग पुर्‍याउने अपेक्षा आयोजकको छ ।

 प्रदर्शनीमा प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरूमा जागरण ल्याउने एवं जानकारी गराइने छ ।

मंगलबार, ०४ मंसिर २०८१, १२ : ४८

प्रतिक्रिया