तीन महिनामा भित्रियो चार खर्ब भन्दा बढी रेमिट्यान्स

मंगलबार, ०४ मंसिर २०८१, १४ : ३३

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाकाे आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेकाे छ । नेपाल राष्ट्र बैंककाे प्रतिवेदन अनसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रेमिट्यान्स भित्रिने क्रम समेत बढेको हो ।

 प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म नेपालमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ११ प्रतिशतले बढी हो । अघिल्लो आवको तीन महिनामा २५.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

अमेरिकी डलरमा गणना गर्दा यो रेमिट्यान्स ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४०४ अर्ब ७ करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

मंगलबार, ०४ मंसिर २०८१, १४ : ३३

प्रतिक्रिया