प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०५ मंसिर २०८१, १० : ५१

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो ।

यसै गरी आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो ।

बुधबार, ०५ मंसिर २०८१, १० : ५१

प्रतिक्रिया