व्यावसायिक सवारी साधन उत्पादनमा फोटोन मोटर्स विश्वमै एक नम्बर

विहीबार, ०६ मंसिर २०८१, ०८ : ३३

काठमाडौं- चीनको बेइजिङमा हेडक्वार्टर रहेको फोटोनको स्थापना अगस्ट २८, १९९६ मा भएको हो । मध्यम र हेवी-ड्युटी ट्रक, लाइट-ड्युटी ट्रक, मिनीट्रक, भ्यान, पिकअप, बस र निर्माण मेसिनरी सवारीहरू सहितका व्यावसायिक सवारी साधनहरूको उत्पादन, विकास र बिक्रीमा समर्पित फोटोन इन्धन र नविन ऊर्जा समाधानका दुवै विकल्पहरू प्रदान गर्ने विश्वकै नम्बर १ व्यावसायिक सवारी साधन निर्माता हो ।

यो कम्पनी स्थापनाकाल देखि नै व्यावसायिक सवारी साधनको उत्पादनमा केन्द्रित रहेको छ । फोटोन मोटर्स चीनको अग्रणी व्यावसायिक वाहन निर्माण उद्योगका रूपमा १९ वर्षदेखि लगातार नम्बर १ स्थानमा रहिआएको छ । करिब ९ लाख संचयी एकाईहरूको निर्यातसँगै यो कम्पनी व्यावसायिक वाहन निर्यातकर्ताको रूपमा पनि नम्बर १ रहेको छ । करिब ३१.४ बिलियन अमेरिकी डलरको विश्व ब्रान्ड भ्यालुको साथमा फोटोन हाल चीनकै नम्बर १ व्यावसायिक वाहन बन्न सफल भएको छ ।

चीनमा फोटोन ईभी पेटेन्ट र कमर्सियल भेहिकल पेटेन्टका लागि एवम् व्यापारिक सवारी साधनको अटोमेटिक ड्राइभिङका लागि सडक परीक्षण इजाजतपत्र लिन पनि एक नम्बरमा रहेको छ भने हेवी-ड्युटी ट्रक परेड र दौडको ब्याचमा पनि यो अग्रस्थानमा रहेको छ।

यसबाहेक, फोटोनले विश्वव्यापी रूपमा उपभोक्ताको भरोसा र विश्वास बटुल्दै धेरै देशहरूमा बिक्रीको श्रेणीमा अग्रस्थान प्राप्त गर्न सफल रहेको छ। बिक्रीका आधारमा फोटोन ट्रक विश्वमै एक नम्बरमा पर्छ भने भारतमा बिक्री हुने ईभी बसहरूमा पनि फोटोन नै अग्रस्थानमा रहेको छ । चर्चित इटालियन मोटर ब्राण्ड पियाज्जियोसँगको रणनीतिक साझेदारी पछि हाल फोटोन युरोपमा पनि एक नम्बर बन्न सफल भएको छ। व्यावसायिक सवारीका सबै खण्डहरूका लागि भियतनाम पेरु, चिली र बोलिभिया लगायतका ल्याटिन अमेरिकाका धेरै देशहरूमा फोटोन नम्बर १ बन्न सफल भएको छ ।

foton no1

सन् २०२१ मा फोटोनले एक करोड भन्दा बढीको विश्वव्यापी बिक्रीको उपलब्धी हासिल गर्‍यो । योसँगै फोटोन सबैभन्दा छिटो यस प्रकारको माइलस्टोन कायम गर्ने संसारकै पहिलो व्यावसायिक वाहन उद्यम पनि बन्यो। अप्रिल २०२३ सम्ममा फोटोनले एक करोड दश लाख भन्दा बढी सवारी साधन बिक्रीको रेकर्ड बनाएको थियो ।

फोटोनले सन् २००८ मा कमिंग्सको सहकार्यमा बेइजिङ फोटोन कमिंग्स इन्जिन कम्पनी लिमिटेड (बीएफसीईसी), सन् २०१२ मा डाएमलेरसँगको सहकार्यमा बेइजिंग फोटोन डाएमलेर अटोमोटिभ कम्पनी लिमिटेड (बीएफडीए) र सन् २०१७ मा फोटोन जेडएफ जस्ता संयुक्त उद्यमहरूको समेत स्थापना गरेको छ ।

यी उद्यमहरूको उद्देश्य विज्ञान र प्रविधिमा नविन खोजहरू गर्ने तथा ऊर्जा(बचत गर्ने, वातावरणमैत्री र बौद्धिक रूपमा अन्तरसम्बन्धित अटोमोबाइल उत्पादनहरू उत्पादन गर्ने रहेको छ । एक ‘दोहोरो स्वतन्त्र’ (स्वतन्त्र प्रविधि र स्वतन्त्र ब्रान्ड) चिनियाँ कमर्शियल गाडी उत्पादक कम्पनीको रूपमा फोटोनले व्यावसायिक सवारी साधनहरूको लागि नयाँ ऊर्जाको विकास गरेको छ। यसले ब्याट्री, मोटर र इलेक्ट्रोनिक नियन्त्रण प्रणालीहरूको मुख्य प्रविधिमा महारत पनि हासिल गरेको छ । पूर्ण इलेक्ट्रिक, हाइब्रिड र हाइड्रोजन इन्धनजस्ता बहु-प्रविधिहरूको विकासलाई एकै साथ अगाडि बढाउन फोटोन क्रियाशील छ ।

हाल फोटोन ईभीले व्यावसायिक सवारी उत्पादनहरूको पूर्ण दायरामा विस्तार गरेको छ। यो ल्याटिन अमेरिकामा नविन ऊर्जाबाट चल्ने बस फ्लीटको अग्रणी ब्रान्ड बनेको छ। यस बाहेक भारत, सिंगापुर, न्यूजील्याण्ड, अष्ट्रेलिया, इजिप्ट र अन्य विश्वव्यापी बजारहरूमा फोटोनले बस प्रणाली, स्कूल फ्लीट्स र एयरपोर्ट जस्ता मुख्य अपरेटिङ परिदृश्यहरूमा आफूलाई समावेश गरेको छ । यसका साथै फोटोनका इलेक्ट्रिक ट्रक, भ्यान र बसहरू शून्य कार्बन उत्सर्जन र फोसिल रहित इलेक्ट्रोमोबिलिटीलाई विश्वव्यापी रूपमा विस्तार गर्न इटाली, जर्मनी र माल्टा जस्ता युरोपेली बजारहरूमा पनि प्रवेश गरेका छन् । सुरक्षा, सुविधा र दिगो गतिशिलताका लागि अत्याधुनिक प्रविधिमा गरेको खोज, अनुसन्धान र लगानीका आधारमा हेर्दा फोटोनलाई प्राविधिक प्रगतिमा पनि एक नम्बरको सवारी निर्माता भन्न सकिन्छ ।

विहीबार, ०६ मंसिर २०८१, ०८ : ३३

प्रतिक्रिया