काठमाडौँ- नेपाली बजारमा लगातार चार दिनसम्म सुनको मूल्य बढेको छ । बिहीबार पनि सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
बुधवार तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया